Birat Post शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटगर,१८ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन् ।
मोरङको  टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था वुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा  रु २७ करोड ५५ लाख ४० हजार ९२८ लागतमा निर्मित  आयोजनाको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री राईले संविधान र कानूनमा भएको व्यवस्था अनुसार जनताको खानेपानीको समस्या हल गर्दै जाने जानकारी दिँदै यसका लागि एउटा नीति बनाई तीन तहको सरकारबाट अलग अलग होइन एउटा योजना संयुक्त रुपमा  सञ्चालन गर्न आवश्यक रहेको बताए ।  वजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानी हुनु पर्छ भनेको चर्चा गर्दै प्रदेश र सङ्घले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटका व्यवस्था गरिएको बताए ।
यस्तै  कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गैरहेको अवस्थामा तराई पहाडमा पानी पुनःभरण गर्न आवश्यक रहेको बताए । उनले जनताको भावना अनुसार स्वच्छ खानेपानी उपलव्ध गराउन स्थानीय जनप्रतिनिधिहरुले कार्य गरेकोमा खुशी व्यक्त गरे ।
सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य  गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले जनसङ्ख्याको चापको वृद्धि अनुसार खानेपानीको टड्कारो आवश्यक्ता रहेको विचार व्यक्त गरेका थिए ।
उक्त खानेपानी आयोजना ४५० घन मिटरको दई ट्याङी रहनुका साथै एक सय ६६ किलोमिटर पाइप विस्तारवाट सो गाउँपालिकाको वडा नं १,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी स्वच्छ र गुणस्तरीय पानी प्राप्त गर्न लाभान्वित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल