Birat Post मंगलबार, जेठ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ जेठ । कोशी प्रदेशका उद्योगीहरुले सरकारले बजेटमा सकेसम्म सवै कुरा समेट्ने प्रयास गरेको र कार्यान्वयनपक्ष सवल हुनसके अर्थतन्त्र चलायमान बन्नसक्ने बताएका छन् ।

यद्यपी यसको पूर्ण पाठ हेरेपछि प्रतिक्रिया दिन सकिने अधिकांश उद्यमीहरुको भनाइ छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया आउनेक्रम जारी छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले कृषि लगानीमा १० दशक घोषणा कार्यक्रम, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेशी सफट्वेयरलाई प्राथमिकता दिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने, जनकपुरलाई वैडिंग हव बनाउने कुरा राम्रो रहेको उनले बताए ।

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेट  समग्रमा सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले १० बर्षे कृषि कार्यक्रम ,उधारो उठाउने कारोबार, धार्मिक पर्यटन ,स्वदेशी उत्पादन विद्यालयमा प्रयोग गरिने लगायतका राम्रा काम आएको बताए ।

यसैगरी मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बजेटमा गरिएका केहि प्रावधानहरु सकारात्मक देखिएको प्रतिक्रिया छन् । उनले पुरै अध्ययन गरेर थप बोल्न सकिने बताए ।

यस्तै उद्योगी महेश जाजुले उधारो कानून सम्वन्धी निर्माण गर्ने, २०८१– ८२ लाई आर्थिक सुधार वर्ष घोषणा गर्ने, आलु प्याज लगायत कृषि वस्तुमा मुअकर खारेज गर्ने र स्वदेशी उद्योगको संरक्षण गर्न केहि तयारी वस्तुको पैठारी महसूल र अन्तःशुल्क वृद्धि गरिने सकारात्मक देखिएको बताए ।

मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नविन रिजालले बजेट मिश्रित फलदायी रहेको प्रतिक्रिया दिए । सरकारले भनेका काम गर्न सके अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्ने बताए ।

यस्तै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सरकारले बजेटमा सकेसम्म सवै कुरा समेट्ने प्रयास गरेको बताए । उधारो कानून निर्माण,आर्थिक सुधार वर्ष घोषणा गर्ने,युवाहरुलाई रोजगार बनाउने लगायतका कार्यक्रम अत्यन्तै राम्रो भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल