Birat Post मंगलबार, जेठ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१५ जेठ  । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यसैगरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पनि पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिने बजेट सार्वजनिक हुँदैछ । त्यस्तै सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने विषय पनि बजेटमा समावेश गर्ने तयारी छ ।

बजेटमार्फत सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि विदेशी लगानी भित्र्याउने, आइटी पार्क निर्माणलाई गति दिने, स्टार्टअपलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम पनि समेटिने मन्त्रालयले जनाएको छ । सम्भव भएसम्म र अनावश्यक चालु खर्च घटाई पुँजी निर्माण हुने योजना र कार्यक्रमलाई बजेटले प्राथमिकतामा राख्ने पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ । आगामी आर्थिक वर्ष आर्थिक गतिविधि विस्तार हुने अनुमानसहित सरकारले १९ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल