काठमाडौं, १३ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको प्रमुख प्रतिपक्षाी दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।
काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा कांग्रेसका शिर्ष नेतादेखि भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पासपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।