Birat Post आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेठ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उद्योगमा चाहिने कामदार र आवश्यकताका विषयमा तथ्याङ्क  संकलन गर्ने भएको छ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कस्ता कामदारको माग छ र त्यस्को पूर्ति गर्ने सम्बन्धमा तथ्याङ्क  संकलन गर्न लागेको हो । समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा एउटा सफ्टवेयर निर्माण गरी यसको  तथ्याङ्क  संकलन कार्य सुरु गरिएको छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि द्रुत बजार विश्लेषण गर्दै सफ्टवेयरको निर्माण गरी उक्त सफ्टवेयर महासंघको सिस्टममा अपडेट गरिएको विषयमा जानकारी गराइएको छ । यसैक्रममा सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरिएको छ ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिनको रुपमा रहेका उद्योग प्रतिष्ठानहरू प्रवर्धन हुन सके मात्र राज्यले आर्थिक बृद्धि गरी आफ्ना नागरिकहरूलाई सुविधा प्रदान गर्न सक्ने बताए । यसको लागि औद्योगिक वातावरण निर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

सूचना र प्रविधिको विकासको चरणले अहिले कामहरुलाई सहज बनाउँदै गएको सन्दर्भमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासमा नेपाल उद्योग वाणिज्य महासंघले थालेको यो प्रयासलाई सरोकारवालासँगको सहकार्यले, थप प्रभावकारी बनाउने आशा व्यक्त गरे । सफ्टवेयरलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिस्टममा अपलोड गरिसकेको र यसवााट परिणाम आउने अपेक्षा अध्यक्ष राउतले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल