Birat Post शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ जेठ/ विराटनगर वडा नम्बर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मान गरेका थिए ।

विद्यालयको सल्लाहकारमा रहेर सहयोग गरेको भन्दै समाजसेवी केदार कार्की, शिक्षासेवी तथा युवानेता रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दाहाल, युवा नेता उद्धव कोइराला, पुष्प कटवाल, राजेश गिरी, अमित अग्रवाल, विद्यालयका पूर्वप्रधानाध्यापक देवनारायण मण्डललगायतलाई सम्मान गरिएको थियो ।

मेयर कोइरालासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताए ।

उनले विद्यालयको भौतिक संरचनामा समेत कुनै कमी हुन नदिने गरी महानगरपालिकाले काम गरिरहेको जानकारी दिए । मेयर कोइरालाले सामुदायिक विद्यालयका सबै कक्षाकोठामा पंखा जडान गरिने बताए । गरिब तथा सीमान्तकृत वर्गका बालबालिका पढ्ने सो विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल