Birat Post मंगलबार, जेठ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ जेठ / नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

बिहान ६ बजे विराटनगरस्थित महेन्द्रचोकबाट सुरु हुने दौड प्रतियोगिता बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन हुनेछ । दौड प्रतियोगिताको दूरी २३ सय मिटर रहेको छ । महिला र पुरुष दुवै विधामा हुने प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन सबै सञ्चारकर्मीलाई अध्यक्ष नवोदितले आह्वान गरेका छन् । प्रतियोगितामा सहभागिताका लागि सञ्चारकर्मीहरुले धमाधम नाम दर्ता गराइरहेको महासचिव संजीव वाग्लेले जानकारी दिए । दौड प्रतियोगिता सम्पन्न भएपछि होटल मनास्लुमा आयोजित विशेष समारोहमा विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

युनियनले सोही दिन स्थापना दिवसका अवसरमा अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक विचारगोष्ठी, युनियनका केन्द्रीय अध्यक्षको उपस्थितिमा प्रदेश भेला आयोजना हुने नवोदितले बताए ।

प्रदेश भेलामा १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघका जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने युनियन र महासंघका पदाधिकारी र सदस्यलगायतको सहभागिता रहने अध्यक्ष नवोदितले बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल