विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् ।
आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ सय ११ रुपैयाको चेक प्रदान गरेका छन् ।
यस्तै ट्रान्स नेपालका तर्फवाट मुकेश राठीले ५ लाख ११ हजार १ सय ११ ,जितेन्द्र कुमार राठी तथा राठी परिवारले सम्युक्तरुपमा ५ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।
यस्तै समाजसेवी नितम चौहानले ५ लाख ११ हजार १ सय ११ रुपैया संस्थालाई प्रदान गरेको संस्थाका संरक्षक लिला ढुङ्गेलले जानकारी दिए ।
कार्यक्रममा मानसेवा आश्रमका संरक्षक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,संरक्षकहरु राजन खत्री, सुशिला भट्टराई,प्रविण खड्का,आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिम्सिना, आश्रमका नवराज केसी ,सामाजिक अभियन्ता गिरिजा सारडा,सरक्षक पुनम दाहाल लगायतले आश्रमलाई व्यवस्थित बनाउन सवैको सहयोग आवस्यक रहने भन्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
आश्रममा सडक मानव तथा असायहरुलाई संरक्षण गरिदै आएको छ ।