Birat Post सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण देशभरका बालबालिका खोपबाट बन्चित भएका थिए ।

उक्त कार्यक्रम अन्तरगत मोरङमा मात्रै ५२ हजार ३५२ बालबालिकालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । डा. मेहताले मोरङमा खोप अभियान प्रभावकारी हुने गरेको बताए ।

आई।पि।भी। खोप अभियानबारे आज स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत खेम भण्डारीले सन २०२६ सम्ममा पोलियो उन्मुलन गर्ने विश्वव्यापी लक्ष्य रहेको बताए ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्ने र पक्षघात भईसकेपछि निको नहुने बताए । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिको मृत्यु समेत हुनसक्ने खोप अधिकृत भण्डारीले बताए ।

६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ। मोरङका १७ स्थानीय तहका १,०६७ विद्यालयका बालबालिकालाई खोप लगाइने तयारी गरिएको छ। सबैभन्दा धेरै १८,८६४ जना बालबालिका विराटनगरमा छन्, जहाँ ११६ केन्द्रबाट खोप दिइनेछ। अन्य क्षेत्रगत रूपमा, सुनवर्षीमा ३,६०१, रंगेलीमा २,९०८, बुढीगंगामा २,९०४, कटहरीमा २,५७८, धनपालथानमा ३,५३८, जहदामा ३,१६६, लेटाङमा २,२७७, केराबारीमा १,६६८, सुन्दरहरैचामा ८,६०४, बेलबारीमा ४,३९२, कानेपोखरीमा २,२७९, पथरीशनिश्चरेमा ४,३१२ र उर्लाबारीमा ४,८२२ बालबालिकालाई खोप दिइनेछ।

खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय मोरङले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, खोपकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण गरायो। ७८३ जना स्वास्थ्यकर्मी र १,७८ जना स्वयंसेविका परिचालन हुनेछन्। विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमै खोप दिइनेछ भने अरूलाई बाह्य केन्द्रबाट खोप प्रदान गरिनेछ।

देशव्यापी अभियानलाई सवै पक्षले साथ दिन आवस्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक अजम्वर राईले बताए । उनले अभियानलाई सफल बनाउन स्थानीय सरकारको पूर्ण सहयोग आवस्यक रहेको उल्लेख गरे ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल