Birat Post शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५जेठ। गत शैक्षिक सत्रमा अध्यनरत कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुने भएको छ । जस अन्तरगत कोशी प्रदेशमा मात्रै ११० विद्यालयको परिक्षण हुने भएको छ ।

आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको परीक्षण भने गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले लिने भएको छ। देशैभरिका  ३३ जिल्लाका ५७९ विद्यालयहरू छनौट गरी जेठ मसान्त भित्र परीक्षण गर्ने उद्देश्यले कोशी प्रदेशका पाँच र मधेस प्रदेशका पाँच जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा अधिकृतहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

कोशी प्रदेशका इलाम झापा मोरङ सुनसरी र सोलुखुम्बु त्यसैगरी मधेस प्रदेशका सप्तरी सिराहा धनुषा महोत्तरी र रौतहट जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख,अधिकृतहरूलाई तालिम प्रदान गरिएको हो। नेपाली र गणित विषयको परीक्षण गरिने जनाइएको छ। तालिमको सहजीकरण कुमार घिमिरे रेणुका अधिकारी दामोदर चापागाईं लगायतले गरेका थिए ।

मोरङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख टंकप्रसाद गौतम, इलाम जिल्लाका इकाई प्रमुख डम्बर सुवेदी, झापा जिल्लाका इकाई प्रमुख राजकुमार बिक, सुनसरी जिल्लाका इकाई प्रमुख खगेन्द्र सुवेदी, सोलु जिल्लाका प्रमुख पुण्यराज डंगोल सप्तरी जिल्लाका इकाई प्रमुख विजयकुमार मण्डल, सिराहा जिल्लाका इकाई प्रमुख राजदेव यादव, धनुषा जिल्ला इकाई प्रमुख चेत कुमार पोखरेल, महोत्तरी जिल्लाका इकाई प्रमुख प्रतिभा कुमारी शाह र रौतहट जिल्लाका इकाई प्रमुख रामविनय  सिंहको सहभागिता रहेको थियो।

विद्यार्थीहरूको गुणस्तर मापनका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तालिमको व्यवस्था गरेको हो। भाषिक तथा गणितीय सिपमा विद्यार्थीहरु कमजोर देखिएकाले गुणस्तरको अवस्था जान्नको लागि ५७९  विद्यालयहरू छनौट गरिएको जानकारी प्रशिक्षक रेणुका अधिकारीले दिइन् । अभिमुखीकरण कार्यक्रममा सप्तरी जिल्लाका इकाई प्रमुख विजयकुमार मण्डलले तालिमबाट प्राप्त ज्ञान र सीप जिल्ला र स्थानीय तहमा कार्यान्वयन गर्ने वताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल