Birat Post शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ जेठ/ २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

विराटनगर–११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए ।

रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरुले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो ।

मोतियाबिन्दुको समस्या देखिएकाहरुको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालअन्तर्गतको हिमालयन क्याट्रक प्रोजेक्टसँगको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधिसमेत वितरण गरिनेछ ।

बुद्धजयन्तीका अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको । यसअघि संघले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल