Birat Post शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्। जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले सोमबार विस्वासको मत लिने तयारी गरी सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ । २०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान
डोनाल्ड ट्रम्पले लिए राष्ट्रपतिको शपथ
रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्कको चुनौतीपछि प्रहरी परिचालन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल