Birat Post बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,३ जेठ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे ।

साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।

कोइरालाले सरहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरुले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेको बताए ।

‘हामीले बोल्न नदिने भनेर भनेका छैनौं । यो कुरामा तपाईंहरु क्लियर हुनुपर्यो । हामीहरुले के भनेका छौं भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस । हामीहरुलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौं भनेका हौं । गृहमन्त्रीले त्यसलाई न त स्वीकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईंहरु (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यहि हो ।’

उनले गृहमन्त्रीको राजीनामा समेत कांग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताए ।

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिब्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको कांग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए । ‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली कांग्रेस डराएन । अब पनि कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौ,’ कोइरालाले भने ।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान
डोनाल्ड ट्रम्पले लिए राष्ट्रपतिको शपथ
रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्कको चुनौतीपछि प्रहरी परिचालन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल