विराटनगर,१ जेठ । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण र दक्षता अभिबृद्धि गरी राष्ट्रिय प्रतिभा तयार गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको संगठनका अध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।
प्रतियोगिताको मूख्य प्रायोजक हुलास खमद्यान्न रहेको छ भने प्लाटिनियम स्पोन्सरमा हेवेल्स इन्डीया र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।
त्यसैगरी डाइमण्ड स्पोन्सरमा प्यूर टिस्यु पेपर, पिसिपिएस कलेज, गोल्ड स्पोन्सरमा रमपम तयारी चाउचाउ, इलेक्ट्रा इलेक्ट्रीक, धोनी भाँडा माझ्ने साबुन र कजारिया टायल्स रहेको नेपाल मारवाडी क्रिकेट लिग–४ का मुख्य संयोजक गोपाल अग्रवालले जानकारी दिए ।
उनका अनसार पावर्डवाईमा तानसेन सिमेन्ट, प्रिमियर वायर्स, हनर मोवाइल, सेन्चुरी स्पाईसेज र स्न्याक्स रहेका छन् । यसको एडभरटाइजिङ पार्टनर बालाजी एडभरटाइजिङ रहेको छ । प्रतियोगिताको मुख्य संयोजक गोपाल अग्रवाल, सह–संयोजकहरु माहित लालवानी, सुनिल सेठीया र प्रकाश केजरीया रहेका छन् ।