विराटनगर,३१ वैशाख। जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गरेका छन् । निकटस्त स्रोतका अनुसार यादव सरकार छाड्ने मनस्थितिमा पुगेका हुन् ।
अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आइतबार विहान यादवले प्रधानमन्त्री प्रचण्ड सँग भेटेर सरकार छाड्ने चेतावनी समेत दिएका थिए ।
‘ पार्टी विभाजनमा षड्यन्त्र भएको भन्दै यादव सत्ताधारी दलहरुसंग रुष्ट छन् । सभ्ववत केही दिनमा सरकार छाड्नेमा यादव पुगेका छन् । पुर्नगठित प्रचण्ड सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री भएका थिए ।