Birat Post आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३० बैशाख ।  चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित उक्त प्रतिशत पुगको देखाएको हो ।

९ महिनाको अवधिमा आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको बताइएको छ । यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर रु १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ ।

शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको खर्च चालु आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन ७ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसैगरी विस्तृत मुद्राप्रदाय ७.५ प्रतिशतले बढेको र यसको वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल