विराटनगर,३० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका सदस्य तथा समाजसेवी देवकीनन्दन अग्रवालले विद्यार्थीलाई गर्मिमा प्रयोग गरिने गरी विद्यालय पोषाक वितरण गरेका छन् ।
विराटनगर १२ मा रहेको बखरी निम्न माविका २२० विद्यार्थीलाई अग्रवालले पोषाक वितरण गरेका हुन् । पोषाक वितरणका लागि अग्रवाल सहित सन्तोष अग्रवाल,विनोद वोहरा,अशोक झुनझुनवाला र विजय तोदीको सहयोगमा पोषाक प्रदान गरिएको हो ।
पोषाक प्रदान गरे संगै विद्यार्थीका अभिभावक र विद्यार्थीले खुसी व्यक्त गरेको विद्यालयका प्रअ गोविन्द गजुरेलले जानकारी दिए । अग्रवालले जेहन्दार विद्यार्थी पहिचान गरी अभिभावकत्व स्वीकार गरी पठनपाठन गराउने बताएका छन् ।