काठमाडौँ ,३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।
मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए।
उनले २र४ जना लोभीपापीले पार्टी फुटाउँदैमा युद्ध जितेजस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताए। निर्दलीय व्यवस्थाविरुद्ध लडेका कांग्रेस कम्युनिष्टविरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको उनले बताए। पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गरे ।