Birat Post शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ बैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रमक ब्याटिङ गरे । खेलको प्लेर अफ द म्याच समेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । झण्डै सतक नजिक स्कोर पुर्याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम अविजित रहदै २५ बलमा अर्धसतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।

हरियाण थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र सुभमले १ विकेट लिए । २४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणले १९ ओभरमा सबै विकेट गुमाइ १८६ रनमा सिमित भयो । संगमले अविजित ३३ रन बनाउदा टिस्मू कुमारले २८ रन जोडे ।
दिल्लीका सत्यजीतले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २१३ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाइ २८८ रनको विशाल योगफल खडा गर्यो । एनबीएससीका जितका लागि राहुल चौधरीले बिस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए । चिरन्जीवि ठाकुरले २९ बलमा अर्धसतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अबिजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए ।
बोष्र्टनका सन्दिप क्षेत्रीले, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए ।

२८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टनले १४.६ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अबिजित २५ रन बनाउँदा अन्य ब्याट मेनले दोहोरो अंक बनाउन सकेनन् । एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए । आइतबारको पहिलो खेल जोगवनीको प्रशान्त क्रिेकट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्बलबीच हुनेछ ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागि रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल