Birat Post शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन सम्वन्धी  समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन सम्वन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ ।
चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निसन्तानपनाको सवाल विषयमा विराटनगरका सञ्चारकर्मीहरुसँग आज ओरेक विराटनगरले आयोजना गरेको कार्यक्रममा सो जानकारी दिईएको हो । बाँझोपन उपचार सेवालाई संघीय अस्पतालमाहरु विस्तार गर्ने सरकारको लक्ष्य भएपनि सो अनुसार काम नभएको सरोकारवालाको भनाई छ । स्वास्थ्य संस्थाहरुले निसन्तानपनाको सेवा दिएपनि मुलत : महिला केन्द्रित रहेको पाईएको ओरेक विराटनगर प्रमुख सरस्वती दनुवारले बताउनुभयो ।

निसन्तानपना हुनमा महिला र पुरुष दुवैको कारणबाट हुने उहाँले बताउनुभयो । निसन्तानपनाको सेवा र प्रविधिबारेमा सेवाग्राहीबाट ‘थाहा छैन’ भन्ने जवाफ आउने गरेको उहाँले बताउनुभयो । सरकारले महिलाको निसन्तानपना सम्वन्धि आवस्यक विश्लेषण गरि अझै पनि संवोधन हुन नसकेको उहाँको भनाई छ ।

निसन्तानपनाका कारण लैंगिक हिंसा बढ्दै गएको अध्ययनका क्रममा पाईएको ओरेक विराटनगर प्रमुख दनुवारले बताउनुभयो । घरपरिवार, छिमेकमा बालबच्चा नभएपछि महिलालाई हेप्ने, अपशब्द प्रयोग गर्ने, मानसिक समस्याको सिकार भएको पाईएको बताउनुभयो ।

आर्थिक वर्ष २०७७–७८ मा ६ हजार २३४, २०७८–७९ मा ७ हजार ५२३ र २०७९–८० मा ८ हजार ३५३ जना निःसन्तानको समस्या लिएर प्रसुती अस्पताल पुगेको पाईएको छ । पछिल्लो पाँच वर्षमा निःसन्तानको समस्या लिएर ३५ हजारले सेवा लिएको अस्पताल प्रशासनको तथ्यांक छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल