काठमाडौँ ,२३ बैशाख । सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक भएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया जनाएका छन्।
भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ हाम्रो अडान एकदमै स्पष्ट छ। नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत् छलफल भइरहेको छ। यही अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिएको छ।’
भारतीय पक्षको यस्तो प्रतिक्रियाले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयलाई भारतले अस्वीकार गर्ने संकेत गरेको छ।
बिहीबार मन्त्रिपरिषदले चार वर्षअघि संविधानको अनुुसूची संशोधनमार्फत नेपाली नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको चुच्चे नक्सालाई सयको नोटमा राख्ने निर्णय गरेको थियो।