हुन त विराटनगर बजार नगएको धेरै भयो । जादा पनि सिधै सिनेमा हल पुगेर घर फर्किने गरेको छु । गर्मीको कारणले । एउटा साह्रै सुन्दर युवक संग बाटोमा भेट हुन्थ्यो । निहुरिएर सधैं गोडा छुने । को हुन, के हुन, केही थाहा छैन ।
पढाएका विद्यार्थी पनि हैनन् , नातेदार पो हुन कि भनेर कत्ती सम्झिन खोजे तर सकिन । अनौठो कुरो त के हो भने तपाईं को हो ? भनेर सोध्ने आट पनि कहिल्यै आएन ।
त्यति धेरै आदरका साथ निहुरिएर खुट्टामा नै ढोग्ने युवक लाई कसरी सोध्नु । को हौ भनेर जस्तो लागेर कहिल्यै सोधिन ।
आज अचानक सम्झना भयो ती युवा को थिए ? भेट नभएको धेरै भयो , कतै विदेश पो गए कि ?
आज पछुतो लागिरहेको छ, सोध्नुपर्थ्यो नि , उनलाई …