Birat Post शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ बैशाख ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा गत फागुन ११ गते देखि संचालन भएको ५६ दिने रेडियो अपरेटर ग्रेड थ्रीतालिम ११ औं समूहको तालिम समापन भएको छ ।

कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेकोउक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको थियो भने तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई उनले प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले नेपाल प्रहरी संगठनको प्रभावकारी कार्य सम्पादनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न संगठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी संचार लाई समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम तथा जवाफदेही बनाउन प्रहरी संचार सेवा तर्फ उन्नत तालिमहरु संचालन गरिदै आएको बताए ।

प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ सफलतापुर्वक सुचना प्रवाह गर्न उनले निर्देशन समेत दिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल