– सन्तोष पोख्रेल
कुरा वि.सं. २०४७ सालको हो । भोजपुर बहुमुुखी क्याम्पसमा म प्रविणता प्रमाणपत्र तहको प्रथम बर्ष पढ्दै थिएँ । कक्षा शुरु भएको केही महिना वितिसकेको थियो । रामेश्वर चापागाई सरले नेपाली विषयको एकाइ परीक्षा लिनु भयो । मैले पनि परीक्षा दिएँ । सरले भोली पल्ट कक्षामा कपी परीक्षण गरी फिर्ता दिदै हुनुहुन्थ्यो । मेरो पालो आयो सरले पास भएको नम्बर सुनाउनु भयो । धेरै जना साथीहरु नेपाली बिषयमा अनुतिर्ण भएका थिए ।
सरले सबैको कपी फिर्ता दिदै जानुभयो । मैले मेरो कपी पनि फिर्ता पाएँ ।कपी सरले अति मिहिन तरीकाले हेर्नु भएको थियो । मलाई २ अंक थपेर पास नं दिनुभएको रहेछ । साथीहरुका अगाडी अनुतीर्ण भएको सन्देश नगएकोमा मेरो मन प्रफुल्ल भयो । सरले कपीका हरेक लाइन सच्याई दिनुु भएको थियो । यसरी विद्यार्थीका हरेक कम्जोरीलाई गहन रुपमा हेरेर सुुझाब दिन र उसलाई शिक्षा प्राप्तीमा उत्प्रेरीत गर्न कतिपनि झन्झट नमान्ने रामेश्वर सर आज हामी माझत हुनुहुन्न तर उहाँका यस्ता धेरै स्मरण मेरो जीवनमा ताजै रहेका छन् । बि.सं. १९९९ सालको फाल्गुण २६गते मंगलबार महाशिबरात्रीका दिन तत्कालिन मूलपानी गा.बि.स.बडा नं. ३ हाल षडानन्द नगरपालीका वडा नं. ४ साङराङ,भोजपुरमा जन्मनुभएका रामेश्वर सर अति शालिन र भद्र स्वभावको हुनुहुन्थ्यो ।
अनावस्यक कुराहरु वोल्न नरुचाउने रामेश्वर सर आफ्ना विद्यार्थीहरुलाई भने अतिनै माया गर्नु हुन्थ्यो । बि.सं. २०२४ सालदेखि शिक्षण सेवामा प्रवेश गरी बि.सं. २०६३ सालसम्म शिक्षण कार्यमा सेवा गर्नु भएका रामेश्वर सर र म बीचका केही स्मरणीय क्षणहरु रहेकाले उहाँलाई म कहिलै बिर्सन सक्दिन । एका तर्फ उहाँ आफैँ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो उहाँको एउटा छात्र म पनि बि.सं २०५० सालदेखि हाल सम्म शिक्षण पेशामा नै आवद्ध छु र उहाँको पेशा पछ्याउन पाएकोमा गौरब महसुस भएको छ । बि.सं. २०५० सालको कुरा तत्कालिन जिल्ला शिक्षा कार्यालय,भोजपुरको सुुचना अनुुसार प्राथमिक शिक्षक छनौट समितिको अन्तर्वाता सम्बन्धी सुचना निस्कियो । लिखित परीक्षामा उतिर्ण म अन्तवार्ता दिन भोजपुर गएँ । शिक्षक छनौट समितिका तीन सदस्यमध्ये रामेश्वर सर पनि एक सदस्य हुनुहुदोरहेछ , सुन्ने वित्तिकै खुसी लाग्यो ।
आफूूलाई पढाउने गुुरु जसमा पनि मलाई औधी माया गर्ने उहाँ स्वयं अन्तवार्ता बोर्डमा भएर प्रश्न सोध्ने भएपछी मलाई हौसला मिल्यो । म तत्कालिन कमर्सको विद्यार्थी भएपनि सरले कमर्सका विद्यार्थीहरुलाई नेपाली पढाउनुहुन्थ्यो त्यसैले पनि सर सँग म नजिक थिएँ । त्यसमा पनि सर प्रजातान्त्रिक विचार वोक्ने प्राध्यापक म नेपाल विद्यार्थी संघको तत्कालिन क्याम्पस इकाइको एक पदाधिकारी । सरकी कान्छी छोरी सुनीता हाल अमेरीका बस्नुहुन्छ हामी ने.बि.संघको क्याम्पस इकाइमा सँगै काम गथ्र्यौ त्यसैले साथी पनि थियौँ । जसकाकारण पनि सरको निवासमा मलाई सजिलै पहुँच थियो । कहिलेकाँही म सरको क्वाटरमा पुुगेर गुुरुआमाले बनाएको चिया पिउँथेँ । बाल्यकाल त्यसमा पनि डेरा गरेर बसेको मेरालागि गुरुआमाले माया गरेर बनाएर दिएको चिया अमृत समान हुन्थ्यो । अन्तरवार्ताको दिन विहानै जिल्ला शिक्षा कार्यालय भोजपुर पुुगेँ त्यसवेला जिल्ला शिक्षा कार्यालयको आफ्नै भवन थिएन । टुडिखेलमूुनी सायद नारदमूनी थुलुुँङको घर हुनुपर्छ त्यहाँ अन्तरवार्ता हुदै थियो ।
मेरो पालो आयो,म भित्र गएँ । सरलाई देख्ने बित्तिकै मलाई हिम्मत जागेर आयो । १७/१८ बर्षको ठिटो म अहिले जस्तो मिलाएर न वोल्न जान्दथे न सवै कुरा गर्ने आँट नै आउथ्यो । सरले प्रश्न सोध्न सुुरु गर्नु भयो – ज्यापुु लेख त ! मैले कोठामा रहेको कालोपाटीमा ‘ज्यापुु’ लेखेँ । त्यसवेला सम्म पनि मलाई ‘ज्यापूू’ एउटा नेवार समुदायको थर पनि हो भन्ने कुरा थाहा थिएन । ‘ज्यापुु’ ‘ज्यापूू’ फरक शब्द हुन भन्ने थाहा रहेनछ । सरले दुवै अर्थ सोध्नुभयो मैले कपासको वियाँ मात्र भन्ने जवाफ दिएँ । सर मुसुुक्क हाँस्नुभयो र अरु प्रश्न सोध्नुु भयो मैले जवाफ दिदै गएँ । अन्तरवार्ताकार ध्यान बहादुर राई सर र तत्कालिन जि.शि.अ. सूर्य नारायण लाल कर्ण सरहरुले सोधेको प्रश्नको जवाफ दिएर म फिरे । रिजल्ट आयो प्राथमिक शिक्षकमा सफल भएँ ।
मलाई शिक्षण पेशामा प्रवेश गर्न योग्य छ भनि छनौट गर्ने रामेश्वर सर आज त हामी वीच हुनुहुन्न तर म उहाँको बाटोमा हिडिरहेको छु र आफूले अपनाएको पेशा प्रति गौरब महशुुष गरेको छु । यतीमात्रै हैन रामेश्वर सरले प्राथमिक शिक्षकमा योग्य नठहराएको भए म कमर्सको विद्यार्थी आज कुनै अन्य क्षेत्रमा काम गरीरहेको हुने थिएँ होला । त्यस वेला शिक्षा क्षेत्रमा प्रवेश गरेकै कारण बि.कम. उतिर्ण गरेपछी बि.एड हुदै शिक्षा शास्त्र अन्तर्गत शैक्षिक योजना र ब्यवस्थापन बिषयमा स्नातकोत्तर पुरा गरेँ ।
हाल म रामेश्वर सरले बि.सं. २०२७ भदौ ३ गते देखि बि.सं. २०३० साल असार ३२ गते सम्म शिक्षण गर्नु भएको बिराटनगरमा रहेको नेपालकै एक ऐतिहासिक विद्यालय श्री आदर्श माध्यमिक विद्यालयको प्राचार्य छुु । हाल यस विद्यालयमा ३५०० भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् । आफ्नै गुरुले यस आदर्श माध्यमिक विद्यालयमा काम गर्दागर्दै बि.सं. २०३० साल बैशाख ७ गते भोजपुर जिल्लाको दलगाउँ भन्ने ग्रामिण क्षेत्रमा जन्मेको म आज यस आदर्श मा.वि.को प्रमुख हुदै गर्दा रामेश्वर सरको त्यो निष्कपट, निष्कलंक, निष्पक्षता,र शालिनतालाई सिरोधार्य गरेर अगाडि बढ्ने प्रयास गर्ने छु ।
आदर्श विद्यालयको एक जना पूर्व शिक्षक हजुर , हजुरका प्रेरणादायी सन्देश आदर्श माध्यमिक विद्यालयका हरेक विद्यार्थी माझ पुुर्याउने वाचा गर्दछु । सर जहाँ रहेपनि मलाई आशिर्वाद दिनुहुने छ । हजुरलाई कदापी भुल्ने छैन । सर हजुरको प्रथम स्मृति दिवसमा हार्दिक श्रद्धा सुुमन चढाउछुु । अस्तुु ।