संखुवासभा, २७ चैत ।
संखुवासभाको पाँचखपन नगरपालिका २ गैरीगाँऊमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनका बुबा युवराज राई गम्भिर घाईते भएका थिए ।
घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।