Birat Post आइतबार, चैत्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समिकरणका नाममा काण्ड लुकाउने र प्रमाण नष्ट गर्ने काम भइरहेको आरोप लगाएका छन् । अहिलेको सत्ता समिकरण त्यहीँ हो, जसले काण्ड लुकाउने र नष्ट गर्ने काम गरिरहेको छ ।

विराटनगरमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियनको ११ औं केन्द्रीय परिषद् भेलाको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गुरुङले केही समय यता आएको राजनैतिक विचलन र घटनाक्रमले राम्रो संकेत नगरेको बताए । सत्तासमिकरणका नाममा भित्रभित्रै भइरहेका गलत क्रियाकलापका विरुद्ध पार्टी भित्र र बाहिर पनि हामी बोलिरहेका छौ ,यो अझ बुलन्द बनाउन आवश्यक छ ।

यस्तै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले भने, ‘ कांग्रेसले मात्रै नागरिकको आवाज बोक्न सक्छ । यो कुरा हामीले गरेरै देखाउन आवश्यक छ ।’

गुरुङले कांग्रेसमा भइरहेको हजुरिया प्रथा हटाउन आफ्ना अग्रजहरुले गरेका गल्तीका विषयमा वोल्न पनि आग्रह गरे । उनले भने, ‘काग्रेसका नाममा गलत काम गर्ने छुट कसैलाई छैन,कलङ्कितहरु कांग्रेस  हुन सक्दैनन् ,तिनलाई ठेगान लगाएर अव सुद्धिकरणको बाटोमा जानुपर्छ ।’

प्राधिकरण कर्मचारीहरु  :

 

सम्बन्धित

ताजा अपडेट
हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’
हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै, करिव १७ सय विद्यार्थी सहभागी गराईने
भारतको जोगबनी कस्टम क्लियरिङ् एजेन्ट एसोसिएसनको अध्यक्षमा रामबाबु यादव विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल