Birat Post शुक्रबार, चैत्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ चैत ।
दलहरूको केन्द्रीय सत्ता गठबन्धन फेरबदल हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशहरूमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रदेशको राजनीतिमा त्यसको प्रत्यक्ष असर परेको छ ।

यद्यपी मधेशमा जनता समाजवादी पार्टीकै नेतृत्वमा एमाले पनि सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धन फेरिएपछि कांग्रेसका मन्त्रीहरुलाई हटाएर एमालेका मन्त्री थप गरेका छन् । सोही मोडेलमा कोशी प्रदेशमा पनि सरकारका मन्त्री हेरफेरको सम्भावना बढेको छ । विश्वस्त समाचार सुत्रका अनुसार कोशी प्रदेशमा कांग्रेस र एमालेका नेताहरु यसखाले छलफलमा जुटेका छन् ।

शुक्रबार विराटनगरमा यस विषयलाई लिएर सरोकारबाला नेताहरु कोठे वैठकमा व्यस्त देखिएका छन् । धेरै भन्दा धेरै मन्त्री पद लिएर कार्की नेतृत्वको सरकारलाई सहयोग गर्ने की भन्नेमा पनि एमालेले छलफल गरिरहेको एक नेताले बताए । यता कांग्रेस नेता डा.शेखर कोइरालाले ठूला दलहरु कांग्रेस एमालेको राष्ट्रिय सरकार बन्नुपर्ने कुरामा जोड दिइरहेका बेला कोशी प्रदेशको राजनीतिमा फेरी उतारचडाव आउने सम्भावना बढेको छ । कोइरालाको यो भनाइमा एमाले पनि सकारात्मक देखिएको छ ।

कोशीमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री छन् । उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम स्वतन्त्र सांसदकोरुपमा उम्मेदवारी दिएर मुख्यमन्त्री बनेका हुन् । कार्की सरकार ढल्दा प्रदेशसभामा देखिन जाने संवैधानिक जटिलताले सत्ता गठबन्धनमा खटपट छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल