Birat Post बिहिबार, चैत्र २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ चैत ।  नेपाली कांग्रेसले इलाम—२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । उनी नेपाली कांग्रेस इलामको जिल्ला सभापति पनि हुन् ।

गत चुनावमा सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा उम्मेदवार बनाएको छ ।
भदौ २५ गतेमा नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा उपनिर्वाचनका लागि कांग्रेसमा लामै रस्साकस्सी चलेको थियो । टिकटका लागि भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राईको दाबी गरेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दम्बेले तयार गरेको इलाम–२ को अध्ययन रिपोर्टले खड्कालाई नै बलियो देखाएको जनाइएको छ । इलाम–२मा करिब ६५ प्रतिशत जनजाति र ३५ प्रतिशत खसआर्य मतदाता रहेको रिर्पोटमा जनाइएको छ ।

नेताहरूका अनुसार एमाले, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमत र स्वतन्त्र उम्मेदवार जनजाति समुदायबाट मैदानमा आएपछि कांग्रेसले रणनीतिक रूपमा खसआर्य समुदायका खड्कालाई अगाडि सारेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल