छुरा प्रहार गर्ने राजवंशी विराटनगरको आयल निगममा कार्यरत रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । विराटनगर २ घर भएका राजवंशीले राति करिब ९ बजे बुढीगंगा गाँउपालिकाको बाँसवारी चौकमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट सलमानको घाँटी र हातमा चोट लागेको छ । घटना लगत्तै उनलाई विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरी अनुसन्धानका अनुसार राजवंशीको श्रीमतीसँग सलमानले अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा घटना भएको हो । सलमानले बेलुकाको समय श्रीमतीलाई माइतघर बुढीगंगातर्फ मोटरसाइकलमा लैजाँदै गर्दा देखेपछि घटना भएको प्रहरीको भनाइ छ ।