Birat Post सोमबार, चैत्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,१९ चैत । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले भारतको सिमासँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्न आवस्यक रहेको बताएका छन् । राज्यले सीमाका नागरिकका विषयमा सोच्न पनि आवस्यक भएको उनले बताए । यसका लागि सुरक्षा निकायसँग सहकार्य गर्न तयार रहेको समेत उनले बताए ।

सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम(केशकर्तक)को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले उक्त कुरा बताएका हुन् । उनले नेपाल भारतको दुवै तिर सशस्त्र प्रहरी बलहरु नरहेका बेला त्यही सिमा नाका क्षेत्रका जनताहरुले सिमा अतिक्रमण रोकेको स्मरण गरे । उनीहरुको जीवन स्तरमा खासै परिवर्तन हुन नसकेको हुँदा उनीहरुको जीवनस्तर उकास्नका लागि सरोकारवालहरुसँग हरिनगर गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।

त्यसका लागि अगामी बजेटमा रकम विनियोजन गरिने समेत जानकारी दिए । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले नेपालको भारत र चीनसँगको सीमाबासीहरुलाई शान्ति सुरक्षा , सीमा सुरक्षा र अवैध कारोबार , राजस्व छलीबाट राज्यलाई पर्ने असर र जोखिम बारे सचेतना अभिबृद्धि गर्नुका साथै सिमाक्षेत्रका बेरोजगार युवाहरुलाई विभिन्न किसिमका क्षमता अभिबृद्धि तालिमहरु दिएर आत्मनिर्भर बनाउने सशस्त्र प्रहरी संगठनको मुल उदेश्य रहेको बताए ।

कार्यक्रममा कोशी प्रदेश १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख , ४ नंं गणका प्रमुख , निमित प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय सुरक्षापोष्टका इन्चार्जहरु ,जनप्रतिनिधिहरु , राजनिति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सिमावर्ती क्षेत्रका ३० जनालाई १५ दिने कपाल कटाई तालिमको उदघाटन गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल