Birat Post आइतबार, चैत्र १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ चैत/ विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधिलगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरिन् ।

उनले विराटनगर–८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गरिन् ।
८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्रीलगायतका सामानहरु घर–घरमा वितरण सुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । वडाभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको लगत संकलन गरी १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको बताए । ज्येष्ठ नागरिकलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाइट वितरण गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरु ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । अभियानअन्तर्गत आइतबार विराटनगर अमरटोलका १४ जना ज्येष्ठ नागरिकको घरमा पुगिएको वडासदस्य पवित्रा विकले जानकारी दिइन् । विराटनगर–८ ले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल