Birat Post बिहिबार, चैत्र १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ ।

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा.रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

यस्तै, यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित सम्मान गरिनेछ ।

तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय आविष्कारक उहाँले मिनी एरोप्लेन, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गर्न लागिएको प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले बताउनुभयो । उक्त सम्मान समारोहमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्य रहने छ ।

को हुन् डा. रुइत
आँखाका विश्व प्रख्यात डाक्टरसन्दुक रुइतको जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट भएको हो । उहाँले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गर्नुभएको छ ।

रमन म्याग्सेसे पुरस्कार सन् २००६, पद्मश्री (भारत सरकारद्वारा) सन् २०१८, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) सन् २०१९, ईसा पुरस्कार (बहराइनको राजाद्वारा) सन् २०२३, थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेशनल अवार्ड लगायत कैयौं पुरस्कार पाउने डा. सन्दुक रुइतले आफ्नै हातले एक लाखभन्दा बढी मानिसको मोतियाबिन्दु शल्यक्रिया गर्नुभएको छ ।

सामाजिक कार्यमा प्रतिष्ठान
प्रतिष्ठानले सम्मानसँगै सामाजिक कार्यलाई समेत प्राथमिकताका साथ गर्दै आएको छ । सामाजिक कार्य अन्तरगत डा. भगवान कोइरालाको संयोजनमा दमकस्थित आधुनिक बाल अस्पताल निर्माणका लागि रू पाँच लाख, ९८ जना हातखुट्टाविहीनहरुलाई कृतिम हातखुट्टा वितरणका लागि नारायणि सेवा संस्थान उदयपुर भारतको सहयोगमा ब्रमाण्ड अपांग सहकारी बाहुनडाँगीलाई एक लाख ७३ हजार प्रदान गरेको छ ।

यसै वर्ष झापाका पाँच विद्यालयका ३०० जना विद्यार्थीलाई स्वीटर, जुत्ता–मोजा वितरण गरेको छ । भ्रष्टाचार विरोधी अभियान अन्तरगत झापाको शिवसताक्षीमा अन्तरक्रिया गरिएको छ भने भद्रपुरको सारदा आधारभूत विद्यालयमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ ।

त्यस्तै, कोशी प्रदेश र विदेशमा रही नेपाली साहित्यको विकासमा क्रियाशील साहित्कारहरूबाट छनोट गरी १ जनालाई श्रीप्रसाद ओली साहित्य पुरस्कार र सम्मान गर्न लेखनाथ पुस्तकालय चन्द्रगढीलाई  ६० हजार प्रत्येक वर्ष दिँदै आएकोमा छ । सोही क्रममा यस वर्ष मोरङ उर्लाबारीकी साहित्यकार मिश्र बैजयन्तिलाई  ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको उक्त पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, ओली वंशको उत्थानका लागि अनुकरणीय कार्य गरेवापत ओली वंश अक्षयकोष काठमाडौंमार्फत ३० हजार रुपैयाँ पुरस्कार राशीको श्रीप्रसाद अम्बिका देबी ओली उत्कृष्ट समाजसेवा पुरस्कारबाट यो वर्ष सुर्खेतका सुरेशकुमार ओलीलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीले सामाज रुपान्तरणका लागि गरिने यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका संस्थापक अध्यक्ष नवराज घिमिरे, वर्तमान अध्यक्ष कृष्णसुवेदी निराकार, श्रीकृष्ण द्वैपायन गुरुकूलका संस्थापक अध्यक्ष गणेशप्रसाद भट्टराई, अध्यक्ष रेमनाथ चुडाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको  लगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अध्यादेशबाट देश चलाउनु गलत हो : डा.शेखर कोइराला
हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’
हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै, करिव १७ सय विद्यार्थी सहभागी गराईने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल