Birat Post बुधबार, चैत्र १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ ।

हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।

बुधबार रानी अस्पतालमा शिविर सञ्चालन गरिएको छ । जसमा ३ सय ३३ जनाले सेवा लिएको शिविर संयोजक तथा सिनियर अहेव अधिकृत भोला तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम विराटनगरका १४,१५,१६,१७,र १८ नं. वडामा सम्पन्न भइसकेको छ । अव क्रमश सवै वडामा कार्यक्रम हुने छ । अव चैत्र १९ गते वडा न.१३ को पुर्वान्चल बाल आश्रममा शिविर सन्चालन गरिने तिम्सिनाले जानकारी दिए ।

नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा महानगरले शिविर सञ्चालन गरिरहेको छ । जसमा सुगर,प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा समेत उपलब्ध गराइएको छ ।

उक्त शिविरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली , प्रशासन प्रमुख अर्जुन थपलिया,महानगर स्वास्थ्यका सिनियर अहेव अधिकृत रमेश कार्की लगायतले अनुगमन समेत गरेका थिए । केही महिना अगाडि विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले यो कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल