काठमाडौं ,१० चैत ।
नेपालको राजनीति र व्यवस्थाका विषयमा नजिकबाट नियालीरहेको अमेरिका एउटा सहयोगी देश हो । नेपाली भाषीको संख्या पनि अमेरिकामा धेरै नै भइसकेको छ। कतिपय नेपालबाट गएका बुद्धिजीवीहरुले नेपालको विषयमा भइरहेका घटनाक्रमको विश्लेषण गरेर बुझाउने काम पनि गर्ने गरेको पाइन्छ । यसैले होला त्यहाँका शाषक नेपालाई अझ नजिकवाट चिन्छन् ।
यद्यपी नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको तथ्य बाहिरिएको छ । यो घटनाको सार्वजनिक भने त्यहाँका एक सांसदले दिएको अभिव्यक्तिनै हो ।
फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरिएको भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए ।
दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । आफूले दिएको प्रस्तुतिलाई मास्ट आफैंले शुक्रबार ट्वीटरमा राखेपछि भने यसको चर्चा अमेरिकामा रहेका नेपाली र नेपालमा समेत चर्चाको विषय बनेको छ । अहिले पनि नेपालमा सनातन धर्म विरोधी क्रियाकलाप भइरहेका छन् ।