Birat Post शुक्रबार, चैत्र ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ चैत । विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए संगै प्रतियोगिता हुन लागेको हो । खेलको तयारीका लागि विराटनगर स्थित सहिद रंगशाला मैदान चिटिक्क बनाउने देखि विभिन्न व्यवस्थापनका कामहरु भइरहेको विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले बताए।

ट्रस्ट आफैंले यस पटक प्रतियोगिता गर्न लागेको छ । यस पटक उद्योगी, व्यवसायी र महानगरले समेत संयोजक तथा आयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले आठौं संस्करणको रात्रिकालीन प्रतियोगिता गर्दै छ ।
देशको आर्थिक अवस्था र विद्यमान परिस्थितिलाई हेरेर यस पटक पुरस्कार राशिमा समेत कटौती गरिएको आयोजक संस्थाको भनाइ छ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ राशि प्राप्त गर्ने छन्। गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार राशि पुरस्कार प्राप्त गरेका थिए। गत वर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेको हुँदा यस वर्ष पनि आर्थिक समस्या झेल्न नपरोस् भन्दै पुरस्कार राशिमा कटौती गर्न बाध्य हुनुपरेको अध्यक्ष शाहीले बताए।

प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुनेछ। जसमा ३ विभागीय नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबहरूसँग सहभागिताका लागि समन्वय भइरहेको छ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप गणतन्त्र आएसंगै नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल