काठमान्डौं,५ चैत्र । नेकपा एकीकृत समाजवादी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेको भोलिपल्ट नै राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री बनेका छन्।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्री मनाङेकाे साढे ३ बजे सपथ हुने तय भएको छ। मनाङे चौथों पटक मन्त्री बनेका हुन्।
यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए।