काठमाडौं,३ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो ।
सभापति देउवाले विसं २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए । शर्पाले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।