Birat Post सोमबार, फाल्गुण २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ फाल्गुन ।

शैक्षिक, अन्तरक्रियात्मक र अनुसन्धानका क्षेत्रमा काम गरिरहेको “एक्रेस एकेडेमिया” संस्थाले शिक्षा सशक्तिकरण चुनौती र समाधान विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको शिक्षा सम्वन्धि सामुहिक छलफलको संयोजन सेवन्त निरौलाले गरेका थिए ।

विराटनगर महानगरपालिका वडा न.१९ मा शनिबार भएको उक्त कार्यक्रममा वडा न. १९ का वडाध्यक्ष श्याम घिमिरे, शिक्षा अधिकृत नवराज ढुंगाना , पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक  सुवासचन्द्र रेग्मी, बाल अधिकारकर्मी निशा ठाकुर लगायतका बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।

विद्यार्थी, नीति निर्माता र कार्यकारी निकायबीचको समस्या , शिक्षा सशक्तिकरण चुनौती र समाधानका विषयहरु मुख्य मुद्धाका रुपमा उठाइएको थियो । शिक्षा सुधारका लागि स्थानीय जनता ,जनप्रतिनिधि र अभिभावकहरु सचेत हुनुपर्ने निष्कर्ष सहित छलफल अन्त्य गरिएको संस्थाका सदस्य सुमन बन्जराले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल