विराटनगर,२२ फाल्गुन । इडेन नेशनल बोर्डिङ स्कुल विराटनगर-३ मा विद्यालय स्तरीय बालक्लब गठन भएको छ । विराटनगर महानगर अन्तरगत बालक्लबको सक्रियतामा विद्यालयमा क्लब गठन भएको हो ।
निशान आचार्यको अध्यक्षतामा ११ सदस्यीय क्लब गठन भएको छ । गठित समितिमा उपाध्यक्ष अर्पिता शेवा ,सचिव आविश्कार निरौला ,सह सचिव रिद्धिमा श्रेष्ठ,कोषाध्यक्ष रंक्षिता निरौला रहेका छन् ।
यस्तै सदस्यहरुमा अनु खतिवडा,सृष्टि पौडेल,सुदिन खतिवडा,समिप दाहाल,संयोग राइ र अश्रीती अधिकारी चयन भएको विद्यालयका प्रिन्सिपल तारा श्रेष्ठले जानकारी दिए ।
उनले भने, ” महानगरका प्रतिनिधि समेतको उपस्थितीमा बिद्यार्थी भाइबहिनीहरु छनौट हुनुभएको छ । उहाँहरुलाई हामिले कार्यकालको शुभकामना र बधाई समेत दिएका छौं ।”
विराटनगर महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजना, मानब अधिकार तथा वातावरण मञ्च फरेन विराटनगरको प्रविधिक सहयोगमा विराटनगरका निजी, समुदायिक तथा धार्मिक बिद्यालयहरुमा बालक्लब पुनर्गठन कार्यक्रम भइरहेको छ ।