Birat Post आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० फाल्गुन / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ । तालिम सञ्चालन गरेर स्वास्थ्य चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीसमेत स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ । प्रत्येक वडामा दुईजना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच तथा परामर्शका लागि खटाइएको छ ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्सिजनको लेभलको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

सम्बन्धित वडाका महिला स्वयम्सेविकासमेत परिचालन गरिनेछ । हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत नि:शुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत महानगरले गर्नेछ ।

अभिमुखीकरण कार्यक्रम मेयर कोइरालाले आमविराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप नि:शुल्क स्वास्थ्य सेवा सुरु गरिएको बताए । उनले स्वास्थ्यकर्मीहरूलाई अनुशासित र जिम्मेवार ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशनसमेत दिए । पहिलो तीन महिनाको समीक्षा गरेर आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाएर लाने मेयर कोइरालाको भनाइ थियो ।

उपमेयर शिल्पा निराला कार्कीले नि:शुल्क स्वास्थ्य सुविधा लिनका लागि आफ्नो क्षेत्रका महिला स्वयंसेविकामार्फत वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने बताइन् । उनले महानगरले सञ्चालन गरेको कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह गरिन् ।

अभिमुखीकरणपछि आइतबारदेखि नै ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा सञ्चालन गरिएको महानगरका स्वास्थ्य अधिकृत अमरदीप देवले जानकारी दिए । महानगर क्षेत्रभित्र २ हजार ३ सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । जसअन्तर्गत सबैभन्दा बढी वडा नम्बर ३ मा ३९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल