Birat Post शुक्रबार, फाल्गुण १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ फाल्गुन / विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले शुक्रबार बिहान दुईवटा दमकलबाट परीक्षण गरेको हो । जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताए ।

यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिए ।

 

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताए । जसअन्तर्गत पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ भने अन्य स्थानमा पनि जडान गर्ने तयारी भइरहेको मेयर कोइरालाको भनाइ छ ।

सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले तत्कालै नियन्त्रण गर्न सहज हुने उपमेयर शिल्पा निराला कार्कीको विश्वास छ । उनले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताइन् ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल