Birat Post बुधबार, फाल्गुण १६, २०८० मा प्रकाशित

featured photo: Birat Post
 विराटनगर,१६ फाल्गुन । 
 मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग संघ अन्तर्गत  ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ । जसमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेको डाटा सार्वजनिक गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने  २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चेतनाथ निरौलाले यस्तो जानकारी दिएका हुन् । यस्तै महिला उद्यम समिति मोरङको २१ औँ साधारण सभा र १० औँ अधिवेशन समेत सोही समयमा हुने जानकारी दिइयो । अधिवेशनमा जिल्लामा उत्पादित  कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न  वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामाग्री एंव महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजारिकरण गर्ने उद्देश्यले ६० स्टल सहित  एक दिने प्रदर्शनीको आयोजना गरिने भएको छ ।
अध्यक्ष निरौलाले यस क्षेत्रका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले  प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत रु पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाण्डौमार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा रु २० लाख उपलव्ध गराएको जानकारी दिए ।
यसैगरी  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट महिला उद्योगी एवं समूहलाई टेवा पुँजी सहित प्रविधि सहयोगमा रु २० लाख र  औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाण्डौंवाट तीन प्रतिशत व्याजमा  रु २५ लाख उपलव्ध गराइएको उनले बताए ।
प्रदेश सरकारले  घरेलु उद्यमीद्वारा उत्पादित सामग्री अनिवार्य खरीद गर्नु पर्ने नीति निर्माण गर्नुपर्ने अध्यक्ष निरौलाको भनाइ थियो । स्थानीय तहबाट ठेक्कामार्फत गरिने प्राविधिक तालीम उपयोगी नभएकोले घरेलु उद्योगसँग समन्वय गर्नुपर्ने विचार व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष गोपाल काफ्ले संघका सदस्यहरुद्वारा सञ्चालित उद्योगमा तालीम सञ्चालन भएमा रोजगारी समेत उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गरे ।  संघमा आवद्ध उद्योगलाई चाहिने दक्षजनशक्ति स्वदेशमा उपलव्ध नभएको कारण वढी पारिश्रमिक दिएर अन्य मुलुकबाट ल्याउने अवस्थामा विद्यमान रहेको भन्दै त्यस्ता कुरालाई राज्यलेनै निरुत्साहित बनाउनुपर्नेमा काफ्लेले जोड दिए ।

सम्बन्धित

ताजा अपडेट
आज प्रेस स्वतन्त्रता दिवस
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
स्वदेश फर्किए भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल