Birat Post शनिबार, फाल्गुण १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ फाल्गुन । २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभूत विद्यालयले आफ्नो ६८औं वार्षिक तथा अभिभावक दिवस शनिबार मनाएको छ। विराटनगरको मुटुमै रहेको भानु मोरङ आधारभूत विद्यालय मा कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन हुन्छ। सो विद्यालयबाट उत्तीर्ण भएका थुप्रै विद्यार्थीहरू अहिले देशका विभिन्न उच्च तहमा कार्यरत छन्।

वार्षिक उत्सवको अवसर पारेर विराटनगर वार्ड नम्बर १० अन्तर्गतका विद्यालयहरूबीच नृत्य प्रतियोगिता समेत गरेको छ। विद्यालयले आर्थिक वर्ष २०७९/ ८० को जेहनदार गरिब तथा असहाय छात्रवृत्ति समेत वितरण गरेको छ। विद्यालयको वार्षिक उत्सवको अवसर पारेर समाजसेवी गोविन्दमान श्रेष्ठ ले शुभकामना दिँदै विद्यालयको नाममा अक्षय कोष खडा गरी गरिब तथा असहाय जेहनदार विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार र सम्मान गरिने बताए । अक्षय कोषको राशि १ लाख ५० हजार हुने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार मास्केको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सवको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले अभिभावकहरूले आफ्नो विद्यार्थी र विद्यालय को चासो राख्न आग्रह गरे  । सरकार टाढा छ र विद्यालयहरूले सरकारको आशा पनि कम गरे हुन्छ! दाताहरूको आर्थिक सहयोगले विद्यालयको  चौतर्फी विकास गर्न र गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे। विद्यालयका प्रधानाध्यापक संजीव घिमिरेले गुणस्तरीय शिक्षा दिन भानु मोरङ विद्यालय पछि नपर्ने घोषणा गरे! हाल विद्यालयमा छात्रा ८६ र छात्र ७३ गरी कुल १५९ विद्यार्थीहरू अध्ययनरत छन्। सात जना शिक्षक र दुई जना बाल विकास शिक्षक एकजना विद्यालय कर्मचारी कार्यरत रहेको जानकारी प्रधान अध्यापक संजीव घिमिरेले दिए ।
शुभकामना मन्तव्य दिँदै विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराई समाजसेवी तथा पर्यटन व्यवसायी भविश श्रेष्ठ नेपाल शिक्षक महासङ्घ विराटनगर महानगर अध्यक्ष बेदु  कुमार खतिवडा आदर्श माध्यमिक विद्यालय प्रधानाध्यापक सन्तोष पोखरेल लगायतले जग बलियो भए मात्र माध्यमिक तह मा अध्ययन गर्ने विद्यार्थीहरू अब्बल हुने र प्राथमिक तहमै गुणस्तरीय शिक्षा प्रदान गर्न शुभकामना दिए। सोही अवसरमा विद्यालयमा कार्यरत वर्ष शिक्षक तथा उत्कृष्ट शिक्षक निर्मला श्रेष्ठलाई सम्मान गरिएको थियो ।  विराटनगर महानगरपालिका अन्तर्गतका आधारभूत तथा माध्यमिक विद्यालयहरूका प्रधानाध्यापक शिक्षकहरूको सहभागिता रहेको छ।  विद्यालयका शिक्षिकाहरूद्वारा सामूहिक देशभक्तिमूलक गीतमा नृत्य प्रदर्शन समेत गरिएको थियो ।
यस्तै चन्दादाताहरू क्रमश : कृष्णकुमार मास्केले कृष्णदेवी मास्केको स्मृतिमा, रिना हाँडाले गजेन्द्र हाडा र कस्तुरी देवी हाँँडाको स्मृतिमा सम्झना प्रधानले गणेशकुमारी प्रधानको स्मृतिमा तथा विनय प्रसाद अर्जेलले अर्जेल परिवारको तर्फबाट नगद जेहनदार तथा विपन्न वर्गका लागि छात्रवृत्ति प्रदान गरी आर्थिक सहयोगका साथै विद्यार्थीहरूलाई अध्ययनको लागि हौसला प्रदान समेत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल