Birat Post शनिबार, फाल्गुण १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ फाल्गुन । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नपाएको भनेपछि सम्बन्धित अभियन्ताले चुनौती दिँदै त्यसलाई बेइमानीको संज्ञा दिएका छन्।

कांग्रेसभित्र हिन्दुराष्ट्र स्थापना अभियानका मुख्य अभियन्ता, प्रतिनिधिसभा सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकमै अभियान र मागबारे १० मिनेटसम्म प्रस्ट्याएपनि पार्टीका प्रचारविभाग प्रमुख मीन विश्वकर्माले भने हिन्दुराष्ट्रको एजेन्डाले स्थान नपाएको बताए।

कांग्रेस महासमिति बैठकका निष्कर्ष औपचारिक रुपमा सुनाउन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले उक्त अभिव्यक्ति दिएपछि अभियन्ताले चुनौति दिएका छन्। अभियानका संयोजक शंकर भण्डारीले कांग्रेसले हिन्दुराष्ट्रको एजेन्डा वेवास्ता गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्।

उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए। बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले कुरालाई आत्मसात् नगरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

नेता भण्डारीले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकले देशको स्वधर्मलाई अवलम्बन गरेका भन्दै नेपाल पनि सनातन हिन्दू राष्ट्र हुनुपर्ने बताए। राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुनेमा भडारीको जोड छ।

अभियानमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले कांगेसको केन्द्रीय बैठकमा लिखितरुपमै हिन्दू वैदिक सनातन राष्ट्र हुनुपर्ने एजेण्डा उठाउदै आएका छन् । उनले समेत यो अभियान नरोकिने बताए । काठमान्डौंमा महासमिति चल्नु अगाडि नेता द्धय भण्डारी र पराजुलीले हिन्दू वैदिक सनातन राष्ट्रका विषयमा महासमितिमा कसरी प्रस्तुत हुने विषयमा वैठकनै आयोजना गरेका थिए ।

विश्वकर्माले हिन्दु राष्ट्रको एजेन्डा पार्टीको केन्द्रीय समिति बैठकमा प्रवेश नै नगरेको र महासमिति बैठकमा पनि त्यसले स्थान नपाएको दाबी गरे। हिन्दु राष्ट्रका पक्षधरहरुले महासमिति बैठकको मुखैमा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेर सभापति शेर बहादुर देउवालाई आफ्ना मागसहित हस्ताक्षर बुझाएका थिए।

महासमिति बैठकसम्म पुग्दा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य संख्या ४० भन्दा धेरै पुगेको थियो। यस्तै महासमिति बैठकमा हिन्दु राष्ट्रसहित १ हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। विधिवत रुपमा महासमिति बैठकअघिको बन्दसत्रमा संयोजक भण्डारीलाई १० मिनेट समय बोल्न दिइएको थियो।

तर पार्टीका प्रचार विभाग प्रमुख विश्वकर्माले भने केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव नआएको दाबी गरेका छन्।

‘महासमितिको बैठकमा प्रस्ताव लैजाने जिम्मेवारी केन्द्रीय कार्यसमितिको छ। केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव नआएपछि त्यो पार्टीको आधिकारिक प्रस्ताव बनेन। प्रस्ताव नवनेपछि स्थान पाएन,’ विश्वकर्माले भने।

हिन्दु राष्ट्र पक्षधरहरुले मीन विश्वकर्माले आफूहरुको अभियानलाई अत्यन्तै नकारात्मक रुपमा हेरेको भन्दै यसले पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्। पक्षधर मध्यका एक सदस्यले देश सञ्चारसँग भने, ‘हाम्रो अभियानमा ४४ जना केन्द्रीय सदस्य र १ हजार भन्दा धेरै महासमिति सदस्यले हस्ताक्षर गरेका छन्। मलाई किन हस्ताक्षर गर्न नदिनुभएको भनेर कतिपयले चित्त पनि दुखाउनुभएको छ। महासमिति बैठकको प्रवेशद्वार अगाडि हामीले हस्ताक्षर अभियानमा हस्ताक्षर अभियानमा अरु केन्द्रीय सदस्यभन्दा बढी जान्ने भएर मीन विश्वकर्माले दबाब दिएका नकरात्मक टिप्पणी गरेका थिए। हस्ताक्षर गरेर पार्टी सभापतिलाई बुझाइएको छ।’

अभियन्ता लोकेश ढकालले महासमिति बैठकको समापन भन्दा अगाडिको बन्द सत्रमा शंकर भण्डारीले भाषण गरेर आफ्ना कुराकानी राखेको बताउँदै आफ्ना मुद्दालाई पाखा लगाउन खोज्दा पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने बताए।

उनले  भने, ‘केन्द्रीय कार्यसमितिको बैठकमा पनि यो छलफल भएर महासमितिको समापन समारोह भन्दा अगाडि बसेको पदाधिकारी बैठकमा अभियानको संयोजकलाई त्यहाँ बोल्न दिन हुन्न भन्नेमा जम्मा दुई जना नेता हुनुहुथ्यो, एक जना मीन विश्वकर्मा र अर्का फरमुल्लाह मन्सुर,अन्य पदाधिकारीले विरोध गरेनन्। भण्डारीले नै विधिवत रुपमा बहुमत महासमिति सदस्यहरुको तर्फबाट प्रस्ताव प्रस्तुत गरेर महासमितिको बैठकबाट हस्ताक्षर सहितको पत्र टेबुल गर्दै सभापतिलाई बुझाएको म महासमिति सदस्यको नाताले प्रत्यक्षदर्शी छु।

ढकालले थपे, ‘यो हाम्रो अभियानको नाम भनेको त नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान हो। महाअभियान भनेपछि यो त निरन्तर रुपमा चल्छ। महासमिति बैठकमा गर्ने काम हामीले गर्‍यौँ। कांग्रेसका अधिकभन्दा अधिक केन्द्रीय सदस्यलाई जोड्ने काम गछौैँ। यो मुद्दालाई लिएर हामी मेची महाकाली अभियानमा जान्छौँ। पार्टीको अब आउँदो १५ औँ महाधिवेशनसम्म व्यवस्थित रुपमा यो मुद्दालाई पार्टीभित्र उठान गर्छौँ।’

सम्बन्धित

ताजा अपडेट
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई
बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी विराटनगरमा सुरु, मन्त्री राइले गरे उद्घाटन
हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल