Birat Post मंगलबार, फाल्गुण ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ फागुन / मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताए । उनले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताबाट राष्ट्रकै नाम राख्नसक्ने राम्रा खेलाडीहरु उत्पादन हुने मात्र नभई स्थानीय ठाउँको पहिचान स्थापित गर्ने माध्यमसमेत बन्ने बताए । मेयर बगडीयाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भाग लिने सम्पूणर् खेलाडी, प्रशिक्षकसहित विद्यालयहरुलाई शुभकामना दिए ।

उद्घाटन कार्यक्रममा रंगेली नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डीतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पब्लिक माध्यामिक विद्यालय रंगेलीका पूर्व प्रधानाध्यापक एवम् स्थानीय बुद्धिजिवि सुरेस मिश्रले विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउन अभिभावकले हौसला बढाउनुपर्ने बताए । औपचारिक रुपमा उद्घाटन पश्चात रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच एक सय मिटर दौड प्रतिष्पर्धा गराउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको थियो । त्यसपश्चात विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी भए ।

त्यसअघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । लगत्तै विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रभक्ति र आफ्नो संस्कृती झल्काउने नृत्यसमेत प्रस्तुग गरेका थिए । प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा १३ सामुदायीक र ७ वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताभरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिने रंगेली नगरपालिका, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डलले जानकारी दिए । सो प्रतियोगिता बिहीबार सम्पन्न हुने र सोही दिन पुरस्कारहरु वितरण गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, स्थानीय बुद्धिजिवि सुरेस मिश्रा, नगरपालिकाको विषयगत शाखाका प्रमुखहरु, सबै वडका वडाध्यक्ष एवम वडा सदस्यहरु, स्थानीय बुद्धिजिवि समाजसेवी एवम् शिक्षाप्रेमी, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल