Birat Post आइतबार, माघ २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ माघ । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।

बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ ।
प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर द्धितीय भएको छ । सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।
प्रतियोगिता अन्र्तगत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्धितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भएकी छिन् ।
यसैगरी ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बि.क., द्धितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् ।
यस्तै ५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्धितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् ।
यस्तै ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्धितीय सुनसरीकी एलिजा राइ, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् ।
यस्तै ६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्धितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् ।
यस्तै ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्धितीय झापाकी सुष्मा आक्षमी भइन् ।
यसैगरी पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्धितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्धितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।
यसैगरी ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्धितीय इलामका दिपप्रसन राइ, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्धितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए । ६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्धितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।
दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले तेक्वान्दो खेलको विकासमा लागि पर्ने बताए । बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निमार्ण गरि खेलकुद क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’अध्यक्ष कार्कीले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’
नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोज विक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नविन तामाङ्ग र प्रदेश सदस्य प्रलात राउतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल