Birat Post शनिबार, माघ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताएका छन् । विराटनगर वडा नम्बर ४ ले शनिबार आयोजना गरेको वृहत नगर सरसफाई साप्ताहिक अभियानलाई सम्बोधन गर्दै कोइरालाले एक दिन सफा गर्ने र अर्को दिन फेरि फोहोर गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म विराटनगरलाई सफा, सुन्दर, हराभरा र व्यवस्थित बनाउन नसकिने बताए ।

उनले सबै विराटनगरवासीको सामूहिक प्रयासले मात्रै विराटनगरलाई सफा र सुन्दर सहरका रुपमा स्थापित गर्न सकिने उल्लेख गरे । हरेक नागरिकले आफ्नो घर अगाडि सफा राख्ने र दुईवटा गमलामा फूल र विरुवा रोपिदिने हो भने विराटनगर साँच्चिकै सफा, सुन्दर र हराभरा हुने बताए । “महानगरले एकदिन आएर नहर सफा गरिदेला तर सधैं आएर सफा गर्न त सक्दैन । महानगरले हेर्नुपर्ने क्षेत्र धेरै छ,” उनले भने , “त्यसो भएकाले अब स्थानीयवासीले नहरमा फोहोर नफ्याँक्ने र कसैले फोहोर फ्यालेमा त्यसलाई कारबाहीको दायरामा ल्याउने र सामाजिक बहिष्कारसमेत गरेमा कसैले पनि फोहोर फ्याँक्ने आँट गर्दैन ।”

मेयर कोइरालासहित वडा नम्बर ४ का अध्यक्ष जितन थापा, ३ का वासुबहादुर बस्नेत, महानगरको सरसफाई तथा वातावरण शाखा प्रमुख पुनम दाहाल, नगर प्रहरीका निरीक्षक राजन पौडेललगायतको उपस्थितिमा भएको नहर सफाई अभियानमा विभिन्न पार्टी आबद्ध युवा, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थालगायतले सामूहिक रुपमा नगरको सफाई गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल