Birat Post सोमबार, माघ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ । मोरङ जिल्ला स्तरिय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा विसिसिले होराइजन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा सुजन भट्टराईले ४० रन बनाउँदा अनवर अन्सारीले १३ रन बनाए । विसिसिका कृतिक कामत र अविशेक मण्डलले समान २–२ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष पछ्याएको विसिसिले २० ओभरमा ५ विकेट गुमाई सो लक्ष्य भट्टाएको छ । जस्मा धिरज कामतले ३९ रन बनाउँदा अमन गुप्ताले २७ रन र कृतिक कामतदे नटआउट २२ रनको योगदान दिए । होराइजनका मनिस मण्डल,अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारी १–१ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले जहदा क्रिकेट क्लवलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २३ ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा विवेक मुखियाले १७ रन बनाउँदा विशाल मण्डलले १२ रन बनाए । ग्रमथानका पारस चौधरीले सर्वाधिक ५ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले २२ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच अनिष विश्वकर्मा ४३ रन बनाउँदा विकाश कार्कीले १५रनको योगदान दिए । जहदाका आमोद मण्डल र पाण्डव मण्डलले २–२ विकेट लिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल