Birat Post आइतबार, माघ २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाए । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिए ।

१ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २–२ विकेट विकेट लिए ।दोस्रो खेलमा वेलबारी क्रिकेट क्लवले पथरी शनिस्चरे क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाए । वेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।९४ रनको विजयी लक्ष्य पछ्याएको वेलबारीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केविल राई र नेल्सन डैगोलले २–२ विकेट लिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल