Birat Post आइतबार, माघ २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२१ माघ । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र डा.ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्तरूपमा गरेका थिए ।
यस्तै इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’ नाम दिएर जनचेतना मुलक कार्यक्रम गरेको हो । उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने संकल्पसहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गरिएको हो । आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गरिएको छ ।

“आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौ” भन्ने नारासहित आयोजना गरिएको रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटका सिइओ डा.निकिता कार्कीले बताइन् । एकै दिन स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रम भएको छ ।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ विरामीहरुलाई दिने निर्णय गरेको उनले बताइन् । ‘क्यान्सरसँग लडिरहेका विरामी जसले बाँचेर जीवनमा केहि गर्छु भनि सर्घष गरिरका विरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडी बढेको हो,’ उनले भनिन्, ‘यस सचेता मुलक कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका विरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, संघसंस्था र उद्योगहरुले साथ सहयोग पनि गर्दै आएका छन् ।’ आर्थिक विपन्न र क्यान्सको उपचार गर्न नसक्ने विरामीको सम्पूर्ण उपचार हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल